`

एसिया कप–भारत श्रीलंका आमनेसामने

Nepal One HD ३१ भदौ २०८० ११:२९
खेलकुद

काठमाडौ– आज एसिया कपको फाइनल खेल हुँदैछ । अपरान्ह ३ बजे श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलमा भारत र श्रीलंकाबीच प्रतिष्पर्धा हुनेछ ।

श्रीलंका सुपर फोरमा पाकिस्तान र बंगलादेशलाई पराजित गरी फाइनलमा स्थान बनाएको हो । श्रीलंका सुपर फोरमै भारतसँग ४१ रनले पराजित भएको थियो ।

सुपर फोरको तीन खेलमध्ये भारत दुई खेलमा विजयी भएको थियो । पाकिस्तान र श्रीलंकमाथि विजयी भारत बंगलादेशसँग भने पराजित भएको थियो ।

श्रीलंका एसिया कपको साबिक विजेता पनि हो । अघिल्लो वर्ष युएइमा पाकिस्तानलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो । सन १९८४ देखि सुरू भएको एसिया कपको १५ औं संस्करणसम्म आइपुग्दा भारतले सर्वाधिक ७ पटक उपाधि जितेको छ भने श्रीलंकाले ६ पटक उपाधि आफ्नो पक्षमा पारेको छ ।


प्रतिक्रिया