`

सेयरबजारमा पहिरो

Nepal One HD ३१ भदौ २०८० १५:२८
अर्थ समाचार

काठमाडौ– साताको पहिलो दिन आईतबार सेयरबजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से ४२.१४ अंकले घटेर १९६४.९१ विन्दुमा कायम रहेको हो ।
‘क’ वर्गका कंपनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा समेत गिरावट आएको छ ।
आज सेयरबजारमा २ सय ७८ कंपनीका सेयर कारोबार भएका छन् । कुल ५६ लाख ५९ हजार ४५८ कित्ता सेयर ७२ हजार ४७७ कारोबारबाट २ अर्ब २ करोड ८४ लाख रुपैयाँमा किनबेच भएको छ ।
सेयरबजारमा सूचीकृत सबै समूहका परिसूचक नकारात्मक छन् । सबैभन्दा धेरै वित्त समूहको परिसूचक ३.३० प्रतिशतले नकारात्मक छ ।
सुभम पावर लिमिटेड, थ्री स्टार हाइड्रोपावर लिमिटेड तथा वुद्धभूमी नेपाल हाइड्रो कंपनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कंपनी, मेन्छियाम हाइड्रोपावर लिमिटेड तथा भूगोल इनर्जी डेभलपमेन्ट कंपनीका सेयरधनी रहेका छन् ।


प्रतिक्रिया