`

हामीलाई गठबन्धनबाट अलग्याउने षड्यन्त्र भइरहेको छ– अध्यक्ष नेपाल

Nepal One HD १ असोज २०८० १५:०२
प्रमुख खबर

काठमाडौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट आफ्नो पार्टीलाई निकाल्ने षडयन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।

आज पार्टी कार्यालय आलोकनगरमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिले गठबन्धनलाई कमजोर पार्न र गठबन्धनबाट समाजवादीलाई बाहिर निकाल्ने षडयन्त्र भइरहेको बताउनुभएको हो ।

उहाले गठबन्धन बनाउन आफ्नो पार्टीले नै नेतृत्वदायि भूमिका निर्वाह गरेको भन्दै गठबन्धनभित्र भएका कमीकमजोरीलाई सुधार गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाले अहिलेको गठबन्धन समाजवादका लागि बाधक नभएकोले गठबन्धन र सरकारबाट बाहिर निस्किए पार्टी समाप्त हुन सक्ने बताउनुभयो ।
त्यस्तै उहाले मुलुक अत्यन्तै जटिल भूराजनीतिमा रहेकाले एमसीसीलाई मुलुकको हितका आधारमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष नेपालले समाज रुपान्तरणको क्रममा बाधा हुनेहरुलाई पन्छाउदै अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।


प्रतिक्रिया