`

साफ यू–१९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

Nepal One HD ४ असोज २०८० १६:५४
खेलकुद

काठमाडौ– काठमाडौमा बिहीबारबाट सुरु साफ यू–१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा भारतले बंगलादेशलाई ३–० को गोल अन्तरले पराजित गरेको हो । भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक– एक गोल गरे ।

प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन् ।

नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तान र माल्दिभ्स छन् । नेपाल र पाकिस्तानबीचको खेल भने साँझ ५ बजेबाट सुरु हुनेछ । समूह ‘बी’ मा भारत, बंगलादेश र भुटान छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्ने छन् । प्रतियोगिता असोज १३ गतेसम्म संचालन हुनेछ ।


प्रतिक्रिया