क्यानको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित, उपाध्यक्ष र कोषाध्यक्षमा पनि सर्वसम्मत

अर्थ समाचार

काठमाडौ– नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । उनको विरुद्धमा कुनै पनि उम्मेद्धवारी नपरेपछि उनी सर्वसम्मत रुपमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
चन्दककोविरुद्धमा बर्दिया क्रिकेट संघका विनयराज भण्डारी उठ्ने घोषणा गरेका थिए । तर मनोनयन गर्ने अन्तिम समयमा भण्डारी पछाडी हटेपछि चन्द निर्विरोध भएका हुन् । कोषाध्यक्षमा पदम खड्का पनि निर्विरोध निर्वाचित भएका छन् । क्यानको उपाध्यक्षमा रोशन सिंह पनि सर्वसम्मत चयन भएका छन् ।
सचिव पदमा पारस खड्का र प्रशान्त विक्रम मल्ल प्रतिष्पर्धामा छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट