बागमती प्रदेश युवा स्वयंसेवकको पुनर्ताजगी तालिम सम्पन्न


काठमाडौ– बागमती प्रदेश युवा परिषदको आयोजनामा शुक्रबार हेटौंडामा प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिम सम्पन्न भएको छ । प्रदेशका १३ जिल्लामा शिक्षा, स्वास्थ, कृषि, पशु र कम्पुटर प्राविधिक गरि ५ क्षेत्रका १३४ जाना कार्यरत छन्। संघीय सरकारको शसर्त कार्यक्रम अन्तर्गत ११९ र बाकी युबा परिषदको स्वयंसेवक कार्यक्रम अन्तर्गत १५ जना रहेका छन्। स्थानीय तहको मागको आधारमा निर्वाह भत्ता लिने गरी स्वयंसेवक स्थानीय क्षेत्रमा खटिएका छन्। परिषद् मातहत रहेका स्वयंसेवक हरुले भर्खर मात्र विकराल रूपमा देखा परेको लम्पीस्किन रोग रोकथाममा महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए। कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले युवाहरुलाई कृषि क्षेत्रमा तालिम र रोजगारी दिने बताए । हरेक स्थानीय तहमा मोडलका रुपमा तालिम दिएर सिप सिकाउने र युवाहरुलाई बिदेश होइन स्वदेशमानै टिकाउने काम गर्ने उनको भनाइ छ ।
बागमती प्रदेशमा सरकारले खाद्यान्नमा आत्मनिर्भर बनाउन लागिएको बताउँदै मुख्यमन्त्री कट्टेलले –‘समुदायमा आधारित कृषि उत्पादनमा जोड दिदै अनुदान पनि दिने र खाद्यान्नमा आत्म निर्भर बनाउने अभियानमा लागेका छौं ।’ अब कृषिमा व्यक्तिलाई अनुदान रकम दिने भन्दा पनि समुदायलाई हित हुने गरी दिइने बताए । उत्पादन बृद्धीका लागि कृषि र पशु प्राबिधिकहरुको महत्वपूर्ण भूमिका हुने मुख्यमन्त्री जम्मकट्टेलको भनाइ छ ।