`

सन्दीप लामिछाने चीन प्रस्थान

Nepal One HD ९ असोज २०८० ११:१७
खेलकुद

काठमाडौं – चीनमा जारी एसियाडमा सहभागि हुन क्रिकेटर सन्दीप लामिछाने चीन गएका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनीविरुद्धको वालिका बलात्कारको मुद्धामा काठमाडौ जिल्ला अदालतमा पेसी सरेको सर्‍यैँ भएपछि उनले नेपाल क्रिकेट संघलाई आफु मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने जनाउ दिएका थिए । तर, क्रिकेट संघका पदाधिकारीहरुसँग थप छलफलपछि उनी मंगलबार चीन जान राजी भएका हुन् ।


प्रतिक्रिया