`

सहमतिको प्रयास सफल नभएपछि एमाले बागमतीमा निर्वाचन

Nepal One HD १० असोज २०८० १५:०३
प्रमुख खबर

काठमाडौ– नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा नेतृत्वको लागि सहमतिको प्रयास न्युन बन्दै गएको छ । सहमति हुने संभावना कम हुँदै गएपछि नेतृत्व चयनमा निर्वाचन हुने निश्चित भएको हो । नेतृत्वमा केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले अडान नछाडेपछि निर्वाचन हुने पक्का भएको हो ।

निर्वाचनको लागि आज ३ बजे मनोनयन फारम वितरण, ४ देखि ६ मनोनयन दर्ता, ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन, ८ बजे उम्मेदवार अन्तिम नामावली प्रकाशन र भोलि बिहान ११ बजेदेखि मतदानको समय तय गरिएको छ ।


प्रतिक्रिया