एमाले बागमतीको अध्यक्षमा ढुंगेल र दाहालको उम्मेदवारी

राजनीति

काठमाडौ– नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी दर्ता गराईरहेका छन् । अध्यक्षमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाटै नेतृत्व चयन गर्न भनेपनि अध्यषका आकांक्षी आफ्नो अडानबाट पछि नहटेपछि निर्वाचन हुन लागेको हो । अन्य पदमा समेत आकांक्षी धेरै देखिएका छन् । यसअघि अध्यक्ष ओलीले ढुंगेलको नाममा सर्वसम्मतिको प्रयास गर्न आफूनिकटका नेताहरुलाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट