`

प्रधानमन्त्री दाहाल स्वदेश फर्किए

Nepal One HD १३ असोज २०८० १२:०४
प्रमुख खबर

काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।
प्रधानमन्त्री दाहाल आज बिहान चीनको छेङदुबाट प्रस्थान गरेकोमा केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् । छेङदुमा उनलाई सिचुवान प्रान्तका उप गभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्चपदस्थ अधिकारीहरूले विमानस्थलबाट बिदाइ गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभाग िहुन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए । न्युयोर्कमा रहँदा प्रधानमन्त्री दाहालले राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गरेका थिए । त्यहाँ अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता भएको थियो । अमेरिकाबाटै उनी असोज ५ गते चीन पुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसद, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरे ।


प्रतिक्रिया