`

एमाले कर्णाली अधिवेशन : अध्यक्षमा शाही र सिंहको उम्मेदवारी फिर्ता

Nepal One HD १३ असोज २०८० १३:३५
प्रमुख खबर

सुर्खेत– नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिन तोकिएको समयअवधिमा उनीहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको थियो । अन्तिममा आएर दुई जनाले उम्मेद्वारी फिर्ता लिएपछि गुलाबजंग शाह, मीनबहादुर शाही र प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने भएको छ ।


प्रतिक्रिया