नेपाली पुरुष क्रिकेट टोली चीनबाट स्वदेश फिर्ता

खेलकुद

काठमाडौ– चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाली पुरुष क्रिकेट टोली आज स्वदेश फिर्ता भएको छ ।
मंगलबार भएको क्वार्टरफाइनलमा नेपाल भारतसंग २३ रनले पराजित भएको थियो । भारतसंग पराजित भएसंगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको हो । क्वार्टरफाइनलमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर २ सय २ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सकेको थियो । त्यसअघि मंगोलियासंगको प्रतिष्पर्धामा भने नेपालले चमत्कारपूर्ण जित निकाल्दै ७ वटा किर्तीमानी कायम गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट