क्रिकेटर दीपेन्द्रसिंह ऐरीको बढुवा

खेलकुद

काठमाडौ– क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । खिेलाडीका रुपमा पुलिस एकेडेमीमा दरबन्दी रहेका ऐरीलाई सहायक हवल्दारमा बढुवा गरिएको हो । केन्द्रिय प्रवक्ता डीआइजी कुबेर कडायतले मंगोलियाविरुद्ध खेलेको खेलमा उत्कृष्ट प्रदर्शन गरेसँगै उनलाई पुरस्कारस्वरुप सहायक हवल्दारमा बढुवा गरिएको जानकारी दिए ।
एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा ऐरीले टी–२० मा सबैभन्दा चाँडो अर्धशतकको कीर्तिमान बनाएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट