`

कोशीमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल थाल्ने

Nepal One HD २३ असोज २०८० १३:००
प्रमुख खबर

काठमाडौ– कोशी प्रदेशमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । आज बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो ।

बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको जानकारी दिए । कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई नै यसपाली पनि अघि बढाउने तयारीमा कांग्रेस छ । यसका लागि अन्य दलसंग पनि लचिलो भएर छलफल र संवाद गर्नका लागि सभापति देउवालाई जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया