कोशीमा नयाँ सरकार गठनबारे निर्णय लिन राप्रपाको पदाधिकारी बैठक बस्दै
काठमाडौ– कोशी प्रदेशमा नयाँ सरकार गठनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको छ । बिहान ८ बजे बसने बैठकमा कोशी प्रदेश सरकार गठनबारे ठोस निर्णय लिइने बताइएको छ । यसअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेलसंग कोशमिा गठबनधनलाई सहयोग गर्न आग्रह गरेका थिए ।
कोशमिा गठबननसंग सरकार बनाउन आवश्यक ४७ सांसद मात्रै छन् । राप्रपाका ६ जना सांसदले सहयोग गरेमा गठबन्धनसंग स्पष्ट बहुमत हुनेछ । त्यसैले राप्रपालाई सभामुखमा मनाएर भएपनि नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रयत्नमा गठबनधनमा आवद्ध दल छन् ।
कोशीमा शुक्रबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न समय दिइएको छ । संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि कोशीमा अर्को उपधारा बमोजिम सरकार गठन गर्ने गृहकार्य भइरहेको हो ।
