`

अख्तियार प्रमुख आयुक्त राईमाथि सांसद लामिछानेको प्रश्नै प्रश्न

Nepal One HD २४ असोज २०८० १६:४८
अर्थ समाचार

काठमाडौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धेरै विषयमा प्रश्न तेर्साएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकको छलफलमा उनले लडाकु शिविर घोटाला काण्ड, वाइडबडी खरिद प्रकरण, यती र ओम्नी प्रकरणमा छानविन के भइरहेको छ भनी प्रमुख आयुक्त राईसंग प्रश्न गरेका छन् ।
भ्रष्टाचारका ठूला प्रकरणको अनुसन्धानमा आयोगको भूमीकामाथि नै प्रश्न गर्दै सांसद लामिछानेले ठूला माछा समात्न नसकेकोमा आक्रोस व्यक्त गरे । सांसद लामिछानेले एन्फाका तत्कालिन अध्यक्षले गरेको अनियमितताबारे अख्तियारले किन अनुसन्धान प्रक्रिया अगाडि नबढाएको भनी प्रश्न समेत अघि सारेका थिए । ‘तत्कालीन एन्फाका अध्यक्षले भ्रष्टाचार गरेको विदेशीले देख्ने ? हामीले नदेख्ने? मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णय अख्तियारले हेर्नपर्छ । तपाईंहरूलाई कसैले छेकेको बाँधेको हो कि? डर मानेको हो कि ?’ उनले भने ।


प्रतिक्रिया