`

नेपाल र लाओसबीचको खेल १–१ को बराबरीमा

Nepal One HD २५ असोज २०८० १९:३९
खेलकुद

काठमाडौ– विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपालले लाओससंग १–१ बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा भएको प्रतिष्पर्धामा दुवै टिमले १–१ गोल गरेका हुन् । खेलको ३३ औं मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गरेका थिए । तर, ४९ औं मिनेटमा नेपालले गोल फर्काएको थियो । अञ्जन विष्टले बराबरी गोल फर्काएका हुन् ।

नेपाल र लाओसबीचको दोस्रो लेग १७ अक्टोबरमा लाओसमा हुनेछ । घरेलु मैदानमा बराबरी खेलेपछि अब नेपालले विश्वकपको दोस्रो चरणमा पुग्न लाओसलाई उसको मैदानमा जित्नैपर्ने हुन्छ ।


प्रतिक्रिया