अर्थतन्त्र लयमा आउन केही समय लाग्ने


काठमाडौ– अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या पूर्णरुपमा समाधान हुन केहि समय लाग्ने बताएका छन । मोरोक्कोको माराकेशमा सम्पन्न विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी भई स्वदेश फर्किएका अर्थतन्त्री महतले संचारकर्मीसंग अर्थतन्त्रमा लामो समयदेखि देखिएको समस्या पूर्ववत अवस्थामा फर्काउन पनि केहि समय लाग्ने बताएका ह३न३ ।
अहिले मुलुकको अर्थतन्त्रमा सुधारको संकेत सुरु भइसकेको उनले दावी गरे ।अर्थमन्त्री महतले मारोक्कोको वार्षिक बैठकहरुको साइडलाइनमा सहभागीवीच सामुहिक तथा द्विपक्षीय हितका विषयमा छलफल तथा अन्तर्राष्ट्रिय समुदायसँगको सञ्जालमा जोडिने अवसर समेत प्राप्त भएको बताए ।
वित्तीय सुशासन, पारदर्शिता तथा नेपाली सन्दर्भ र परिवेश अनुसारको सुधार आवश्यकका बिषयमा पनि परिचर्चा भएको उनले जानकारी दिए ।