`

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

Nepal One HD १ कार्तिक २०८० १६:३६
प्रमुख खबर

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । नेकपा एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीले प्रदेशसभामा रहेका सदस्यमध्ये दुई तिहाइ बढी मत प्राप्त गरेका हन् । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ जना सांसद उभिएका थिए । उनको विपक्षमा राप्रपाका ५ जना सांसदमात्रै उभिए । ६ सांसद रहेको राप्रपाका एक सांसद भने अनुपस्थित रहेका थिए ।

संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन् । जसपाले यसअघि काकीृलाई विश्वासमा मत दिन नसक्ने जनाएको थियो ।
कोशी प्रदेशसभामा एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा एसको ४ र जसपाका एकजना सांसद छन् ।


प्रतिक्रिया