`

हङकङसँग हारका बाबजुद यूएई फाइनलमा, नेपालसँग उपाधिका लागि भिड्ने

Nepal One HD ८ कार्तिक २०८० २०:१०
खेलकुद

८ कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२० शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ ।

यसअघि चारवटै खेलमा अविजित रहेर नेपाल फाइनलमा पुगिसकेको छ । अब उपाधिका लागि नेपाल र यूएई शुक्रबार भिड्नेछन् । बुधबार मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको मद्दतमा निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।


प्रतिक्रिया