`

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

Nepal One HD १८ कार्तिक २०८० ७:१४
राजनीति

मोरङ – कोशी प्रदेशका प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीद्वय गणेशप्रसाद उप्रेती र कमलप्रसाद जवेगुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) वमोजिम उहाँहरूलाई प्रदेश प्रमुखले बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्री उप्रेति नेकपा (माओवादी केन्द्र) र जवेगु नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य हुनुहुन्छ ।


प्रतिक्रिया