`

जाजरकोट भूकम्पबाट भएको क्षतिप्रति भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, सहयोगको लागि तयार रहेको भनाइ

Nepal One HD १८ कार्तिक २०८० १०:५४
प्रमुख खबर

नयाँ डिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि भारत सरकार तयार रहेको बताएका हुन् ।
प्रधानमन्त्री मोदीले भारत नेपाली जनतासँगै रहेको र आवश्यक सबै सम्भव सहयोग गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

उनले भूकम्पमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
साथै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । गएरातिको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण विशेष गरी जाजरकोट र रुकुमपश्चिममा एक सय २८ भन्दा बढीको ज्यान गएको छ भने भौतिक क्षति भएको छ ।


प्रतिक्रिया