भूकम्पपीडितका लागि तरुण दलद्दारा रक्तदान
समाचार
काठमाडौँ / जाजरकोट भूकम्पमा घाइतेहरुको उपचारका लागि नेपाल तरुण दलले रक्तदान गरेको छ ।
भूकम्प बाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तरुण दलले बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले सोमबार भृकुटीमण्डप प्राङ्गणमा वृहत् खुल्ला रक्तदान कार्यक्रम गरेको जनाएको छ ।
रगतको अभाव भएकाले आफ्नो तर्फबाट त्यसलाई कम गर्न प्रयास स्वरुप रक्तदान कार्यक्रमको आयोजना गरेको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिनुभयो । उहाले भूकम्पपिडितका लागि आर्थिक संकलन गरेको र सहयोग गर्ने बताउनुभयो ।
रक्तदानमा काठमाडौँ उपत्यकामा रहेका विद्यार्थी, युवा सहभागी रहेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
