`

कानूनको अभावमा नागरिकका मौलिक अधिकार स्थापित गर्न सकिएनः सभापति देउवा

Nepal One HD ५ मंसिर २०८० १७:४८
प्रमुख खबर

काठमाडौ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानूनको अभावमा जनताको मौलिक हक अधिकार पूर्ण रुपमा स्थापित हुन नसकेको बताएका छन् । नेपाल ड्रेमोक्रटिक लयर्स एशोसिएशन (डिएलए) नेपालको ३४ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा नागरिकको हक अधिकारको कुरा राखिए पनि कानूनको अभावमा उक्त हक अधिकार पूर्ण रुपमा स्थापित हुन नसकेको बताएका हुन् ।

उनले संविधानमा उल्लेख नागरिकको हक अधिकार स्थापित गर्नका लागि आवश्यक कानून बनाउन सबै गम्भीर हुनुपर्ने धारणा राखे । सभापति देउवाले अहिलेको व्यवस्थामाथि केहीले प्रश्न गर्न थालेको भन्दै सबै मिलेर यसको उचित जवाफ दिनुपर्ने जिकिर गरे । विधानको रक्षा र परिवर्तनका साथै व्यवस्थामाथिको भ्रम चिर्न वकिलहरुले पनि आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । सभापति देउवाले समयमा नै फैसला नहुने सर्वोच्चको अवस्थालाई अन्त्य गरि छिटो छरितो फैसला हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले सुशासन र विधिको शासन स्थापित गर्न स्वच्छ निष्पक्ष न्यायापालिका आवश्यक हुने बताए ।


प्रतिक्रिया