कतारका विदेश राज्यमन्त्री र प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेटवार्ता
राजनीति
काठमाडौँ / कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीले प्रधानमन्त्री प्रचण्डसंग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुईपक्षिय सम्बन्धका बारेमा छलफल भएको थियो ।
त्यस्तै शुक्रबार नै राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए । भेटमा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गर्नुभएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
