`

भ्रष्टाचार रोक्न समाज र देशमा खुला एवं पारदर्शी संस्कृतिको बिकास हुन जरुरी छ :उपराष्ट्रपति यादव

Nepal One HD १२ मंसिर २०८० १७:०९
राजनीति

काठमाडौँ / उपराष्ट्रपति रामसहायप्रसाद यादवले भ्रष्टाचार रोक्न समाज र देशमा खुला एवं पारदर्शी संस्कृतिको बिकास हुन जरुरी रहेको बताउनुभएको छ ।

भ्रष्टाचारविरुद्ध अभियानको २७औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले भ्रष्टाचार नियन्त्रण नगरेसम्म समाज र देश अघि बढ्न नसक्ने भन्दै भ्रष्टाचार रोक्न समाज र देशमा खुला र पारदर्शी संस्कृतिको बिकास हुन जरुरी रहेको बताउनुभएको हो ।

निजी लाभका लागि सार्वजनिक शक्तिको प्रयोग गर्दा कानूनको उलंघन हुनुका साथै सामाजिक मान्यताहरुमा पनि बिचलन आउने देखिएको उहाँको भनाइ छ ।

उहाँले भ्रष्टाचारले असमानता गरिबी लगाएतका संकटलाई झनै बढाउने भएकाले यो गम्भीर चिन्ताको बिषय भएको जिकिर गर्नुभयो । उपराष्ट्रपति यादवले जवाफदेही संस्थाहरुले भ्रष्टाचार नियन्त्रणका लागि गम्भीर भएर काम गर्नुपर्ने र जो–कोहीलाई पनि सम्बन्धित निकायमा रिपोर्ट गर्न सक्ने अधिकार हुनुपर्ने बताउनुभयो ।

उहाँले देशका प्रत्येक व्यक्तिले भ्रष्टाचारको विरुद्धको कामलाई आफ्नो कर्तव्य ठान्न जरुरी रहेको र सबैले आत्म समीक्षा गर्दै भ्रष्टाचारलाई जरैदेखि फाल्न आवश्यक रहेको धारणा पनि राख्नुभयो ।


प्रतिक्रिया