टिकटक बन्द पछि सरकारको नजर अन्य सामाजिक संजालतर्फ

प्रमुख खबर

काठमाडौ– कात्तिक २७ गते सामाजिक संजाल टिकटक बन्द गरेको सरकारले नेपालमा चल्ने अन्य सामाजिक संजाल र त्यसको प्रभावबारे अध्ययन थालेको छ । नेपालभित्र चलिरहेका बिभिन्न सामाजिक संजाल र लाइभ स्ट्रिमिङ एप्सहरुबारे आन्तरिक रूपमा अध्ययन भइरहेको प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञले बताएका छन् ।
नेपालमा चलिरहेका सामाजिक संजाल र लाइभ स्ट्रिमिङ एप्सहरु कसले कुन प्रयोजनका लागि चलाइरहेका छन् भन्नेबारेमा गहिरोगरी अध्ययन भइरहेको बताइएको छ । मुख्यगरीे बिगो लाइभ, बम्बल, लाइक, टिन्डर, स्न्यापच्याट, ट्यानट्यान, टेलिग्राम जस्ता एप्सहरुमा अध्ययन थालिएको हो । अध्ययनका लागि सरकारले साइबर ब्युरो र नेपाल प्रहरीको समेत सहयोग लिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट