`

प्रधानमन्त्री प्रचण्डद्वारा अबुधाबीस्थित नेपाली दूतावासको निरीक्षण

Nepal One HD १४ मंसिर २०८० १७:१४
प्रमुख खबर

काठमाडौ– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप– २८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण गरेका छन् । त्यस अवसरमा प्रधानमन्त्रीले युएईमा रहेका नेपालीको हितमा दूतावासले गरेका कामबारे जानकारी लिँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले स्वागत गर्नुका साथै दूतावासका गतिविधिबारे जानकारी दिएका थिए । कोप–२८ मा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान युएई पुगेको हो ।


प्रतिक्रिया