`

स्थायी शान्तिका लागि राजसंस्था आवश्यक– प्रसाइँ

Nepal One HD १६ मंसिर २०८० १६:५१
राजनीति

ललितपुर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले मुलुकमा स्थायी शान्ति कायम गर्न राजसंस्था आवश्यक रहेको तर्क अघि सारेका छन् । शनिबार ललितपुरको लगनखेलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईँले गणतन्त्रका कारण मुलुकमा स्थायी शान्ति हुन नसकेको भन्दै स्थायी रुपमा शान्ति कायम गर्न राजसंस्था आवश्यक रहेको बताएका हुन् ।

उनले कार्यकारी प्रधानमन्त्री, हिन्दू राष्ट्र, प्रदेश खारेज र राजसंस्थाका बिषयमा जनमत संग्रह गर्न चूनौति दिए । प्रसाईँले आफुलाई बिभिन्न स्थानमा कार्यक्रम गर्न प्रतिवन्ध लगाएको भन्दै प्रतिवन्धको असर आफुलाई नभई लगाउनेलाई नै हुने जिकिर गरे । आफुहरुको आन्दोलन नागरिकको गाँस, बास र कपासको लागि भएको उनको भनाइ छ ।

उनले देश र स्वास्थ्य क्षेत्रलाई समाप्त पार्न तोसिमा कार्कीले डा गोविन्द केसीलाई प्रयोग गरेको आरोप समेत लगाए ।


प्रतिक्रिया