`

पृथ्वी जयन्तीमा कविता प्रतियोगिता गर्दै राप्रपा, प्रथमलाई १ लाख पुरस्कार

Nepal One HD २७ मंसिर २०८० १६:१६
राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगिता आउँदो पुस २७ गते सम्ममा ४० वर्ष ननाघेका युवाहरूमा मात्र सिमित रहने सो पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्तिमार्फत बताएका छन्।

कविता पुसको १५ गते भित्रमा पठाउनका लागि इमेल एड्रेस [email protected] र ह्वाट्स् एप नम्बर ९८५१३४७४०५ सार्वजनिक गरिएको छ। काठमाडौँ धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आएर पनि कविता बुझाउन सकिनेछ। कविता ५०० शब्दमा सिमित हुनुपर्ने राप्रपाको सर्त छ।

प्रतियोगितामा प्रथम हुने कविलाई रू एक लाख, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई  २५ हजार तथा अन्य तीनजनालाई  १०/१० हजारको सान्त्वना पुरस्कार प्रदान गरिने राप्रपाले विज्ञप्तिमार्फत् जनाएको छ। पुरस्कृत कविताहरू पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष समारोहमा स्वयं कविहरूले वाचन गर्नेछन्।


प्रतिक्रिया