नेपालमा नै सम्भावनाको खोजि गर्नुपर्छ : प्रकाशमान सिंह
राजनीति
काठमाडौँ / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा नै सम्भावनाको खोजि गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौमा ज्ञानबजारको शुभारम्भ कार्यक्रममा नेता सिंहले नेपालमा सम्भावना नै छैन भन्नुभन्दा पनि सम्भावना र अवसरको खोजि गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले नकारात्मक कुराहरुलाई भन्दा पनि सकारात्मक कुराहरुलाई लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेता सिंहले देशलाई योगदान दिने कामहरुको प्रचार भन्दा पनि नकारात्मक कुराको प्रचार हुँदा निराशा छाएको धारणा राख्नुभयो ।
देशमा केहि गर्न सकिदैन भन्ने भाष्यलाई इच्छा र कामबाट गलत सावित गर्नुपर्ने जिकिर गर्नुभयो । युवाहरुले गर्ने रचनात्मक कामहरुलाई सवै मिलेर हौसला दिनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
