`

जनकपुरधाममा विवाहपञ्चमीको रौनक(फोटोफिचर)

Nepal One HD १ पुष २०८० १७:२४
समाचार

धनुषा । जनकपुरधाममा सीताराम विवाहपञ्चमीअन्तर्गत बाह्रबिघा रंगभूमिमा स्वयम्बर सम्पन भएको छ । जानकी मन्दिरबाट आएको डोलाले राम मन्दिरको डोलालाई परिक्रमा गरी स्वयम्बर गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव जानकी मन्दिरको डोला बोक्न रंगभूमि मैदान पुगेका थिए ।

बाह्रबिघामा स्वयम्बर विधि, परीक्षण र वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा लगिने छ । राति मिथिला संस्कृतिअनुसार विवाह हुनेछ । जनकपुरको मठमन्दिरबाट सुसज्जित झाँकी सहितको डोला स्वयम्बरपछि नगर परिक्रमा गरेको छ । राममन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी बाह्रबिघा मैदान पुर्याइन्छ ।

त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी बाह्रबिघा मैदानमा लगिने चलन छ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् ।


प्रतिक्रिया