`

२४ घण्टाभित्र मातहतका निकायका प्रमुखलाई सेवाप्रवाहको अवस्था र योजना बुझाउन उद्योगमन्त्रीको निर्देशन

Nepal One HD २ पुष २०८० १९:५४
अर्थ समाचार

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका विभाग, संस्थान र निकायका प्रमुखलाई सेवाप्रवाहको अवस्था र सुधारको योजना २४ घण्टा बुझाउन निर्देशन दिएको छ ।

सोमबारको निर्णयअनुसार यस्तो खाका २४ घण्टाभित्र बुझाउन मन्त्रालयले निर्देशन दिएको हो । पत्रमा जनतासँग प्रत्यक्ष सरोकार रहेका र सरकारका तर्फबाट जनतालाई प्रदान गरिने प्रत्यक्ष सेवा प्रवाहसँग सम्बन्धमा सुधारको योजना तयार गर्न भनिएको छ ।


प्रतिक्रिया