`

ठगी आरोपमा म्यानपावर संचालक पक्राउ

Nepal One HD ३ पुष २०८० १८:१४
अपराध

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पठाउने बहानामा ठगी गरेको आरोपमा म्यानपावर कम्पनीका सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पुरानो बानेश्वरस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक वर्ष ४२ को लक्ष्मण विश्वा र काभ्रेको रोशी गाउँपालिका–१० की ४० वर्षीया सोफी मल्ल छन् ।

उनले ओम बाबु साहलाई वैदेशिक रोजगारीको लागि साउदी अरब पठाइदिन १ लाख २५ हजार रुपैयाँ लाग्ने तथा साउदी अरब पुगेपछि मासिक ४० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई पीडितबाट पटकपटक गरी एक लाख २५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुविरुद्ध थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया