अख्तियारद्वारा एक अर्ब भन्दाबढी हिनामिनाको मुद्दामा सर्वोच्चमा पुनरावेदन


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको छ । विभिन्न मितिमा फैसला भएका मध्ये राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगलाई चित्त नबुझी सर्वोच्चमा निवेदन दिएको हो ।
त्यो मुद्दामा उपसचिव (कानून) सपना अधिकारी, रामप्रसाद घिमिरेसमेत २६ जना तथा सिद्धार्थ मिनरल्स प्रा.लि, मारुती सिमेन्टस लिमिटेड, अन्नपूर्ण क्वेरिज प्रा.लि.,सोनापुर मिनरल्स एण्ड आयल प्रा.लि., सर्वोत्तम सिमेन्ट प्रा.लि., युनाइटेड सिमेन्ट प्रा.लि., उदयपुर मिनरल्स टेक प्रा.लि., कन्चन क्वेरिज प्रा.लि.र डोलोमाइट चुनढङ्गा उद्योग प्रालि प्रतिवादी छन् ।
घिमिरेले राजस्व चुहावट गरी चुनढुङ्गा–सिमेन्ट कम्पनीहरूलाई फाइदा र नेपाल सरकारलाई एक अर्ब चौबिस करोड पैँतालिस लाख छब्बीस हजार छ सय ४३ रुपैयाँ हानि नोक्सानी पुर्याएको अख्तियारको दाबी छ ।



