`

लुम्बिनीका मुख्यमन्त्रीले अस्पतालको कार्यक्रममा बोले,‘घरेलु मदिरालाई ब्राण्डिङ गर्छौ’

Nepal One HD १० पुष २०८० १६:४७
अर्थ समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले ग्रामीण क्षेत्रका उत्पादनलाई प्रशोधन गर्ने उद्योग क्षेत्रको लगानीलाई प्राथमिकतामा राखेको बताएका छन् । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको ११ औं वार्षिकोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले ग्रामीण क्षेत्रका उत्पादनलाई प्रशोधन गर्ने उद्योग क्षेत्रको लगानीलाई प्राथमिकतामा राखेको बताएका हुन् ।

उनले विदेशबाट बर्सेनि अर्बौं रुपैयाँको मदिरा आयात हुने गरेको भन्दै आयात प्रतिस्थापन गर्न घरेलु मदिरालाई उद्योगबाट उत्पादन गरी गुणस्तरीय र ब्राण्डेड बनाउनुपर्ने बताए । घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरण गर्न सकेमा गाउँघरमा हजारौं युवाहरूलाई रोजगारी सिर्जना हुने र मानव स्वास्थ्यको जोखिम पनि कम हुने बताए । मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले औद्योगिक वातावरण बनाउन र नीतिगत सुधार गर्न तयार रहेको बताए । उद्योगहरु शहर केन्द्रीत भन्दा गाउँ केन्द्रीत गर्न सुझाव दिँदै उनले गाउँमा उद्योग स्थापना भए खाडी मुलुक जाने युवा जनशक्तिलाई रोक्न सकिने बताए ।


प्रतिक्रिया