`

बालकुमारीमा मन्त्री सवार गाडीमा आगजनी

Nepal One HD १३ पुष २०८० १२:५४
अपराध

ललितपुर । ललितपुरको बालकुमारीमा मन्त्री सवार गाडीमा आगजनी गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाएका हुन् । प्रदर्शनकारीले बा २ झ ५८६१ नम्बरको गाडीमा आगो लगाएका हुन् ।

गाडीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला रहेको बताइएको छ । प्रदर्शनकारीले मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर आगो लगाएका हुन् ।


प्रतिक्रिया