`

कोरोना भाईरसले थलिएको अर्थतन्त्रलाई चलाएमान गर्ने उद्देश्यले चितवनमा महोत्सव हुँदै

Nepal One HD १३ पुष २०८० १३:५६
अर्थ समाचार

काठमाडौँ / कोरोना भाईरसले थलिएको अर्थतन्त्रलाई चलाएमान गर्ने उद्देश्यले चितवनमा रत्ननगर महोत्सब २०८० आयोजना हुने भएको छ ।

रत्ननगर उद्योग बाणिज्य संघले शुक्रबार चितवनमा पत्रकार सम्मेलन गर्दै महोत्सव पुष २६ गते देखि माघ ८ गते सम्म चल्ने जनाएको हो । चितवनको कृषि पर्यटन शिक्षा स्वास्थ्या बिज्ञान प्रबिधि कला सस्कृति र ब्यापार व्यवसाय प्रवद्र्धन गर्ने उदेश्य महोत्सबको रहेको आयोजकले जनाएको छ । आर्थिक मन्दीले ब्यापार व्यवसाय थला परेको अबस्थामा महोत्सवका कारण सुधार आउने अपेक्षा गरिएको महोत्सव संयोजक शंकर गिरीले जानकारी दिनुभयो ।

१२ दिन सम्म संचालन हुने महोत्सबमा ४ सय ५० वटा बिभन्न स्थानिय देखी अन्तराष्ट्रिय तथ बहुराष्ट्रिय कम्पनीहरुको स्टलहरु रहने उहाले बताउनु भयो । महोत्सव ३ लाख बढी दर्शकले अबलोकन गर्नुका साथै २५ करोड बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।


प्रतिक्रिया