‘तीनै तहका सरकारले संयुक्तरुपमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान खोज्नुपर्छ’- मुख्यमन्त्री शाह
सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनै तहका सरकारले संयुक्तरुपमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान खोज्नुपर्नेबताउनुभएको छ ।
नेपाल प्रेस युनियनद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । मुख्यमन्त्री शाहले समग्र स्वास्थ्यका बारेमा स्पष्ट हुन जरुरी रहेको बताउँदै भन्नुभयो, “गेटामा प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कुन रुपमा अगाडि बढाउने भन्नेमा केही अस्पष्टता देखिएको छ, अब ठोस रुपमा यसको निदान खोज्नुपर्छ ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कार्यक्रममा सहभागी पालिका तहका प्रमुख तथा उपप्रमुखले स्वास्थ्य सुधार र जनशक्तिलगायत विषयमा उठाएका जिज्ञासाको जवाफ दिनुभएको थियो । मन्त्रालयका डा कृष्णप्रसाद पौडेलले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गर्नुभएको थियो । मन्त्रालयकै डा चुमनलाल दासले मातृमृत्यु दरको अवस्थालगायत विषयमा प्रकाश पार्नुभएको थियो ।
