जापानमा अवतरणका क्रममा विमानमा आगलागी, सबै यात्रुको उद्धार
विश्व
बीबीसी । जापाको टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गरेलगत्तै जापान एयरलाइन्सको एउटा यात्रुवाहक विमानबाट आगोको मुस्लो निस्किएको छ । जापानको प्रसारक एनएचकेले देखाएको भिडियो फुटेजमा मुस्लो विमानको झ्याल र तलपट्टिबाट आएको देखिन्छ ।
विमानबाट यात्रुहरू छिटोछिटो निस्किरहेको पनि देखिएको छ । एनएचके र रोयटर्स समाचारसंस्थाले जापान एयरलाइन्सलाई उदृत गर्दै विमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको जनाएका छन् ।
विमानस्थलको धावनमार्गमा समेत आगो देखिएको छ । धावनमार्गमा आगो निभाउन अग्नि नियन्त्रकहरूले प्रयास गरिरहेका छन् । अधिकारीहरूलाई उदृत गर्दै एनएचकेले अवतरणलगत्तै उक्त विमान अर्को विमानसँग ठोक्किएको हुन सक्ने जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
