`

बालेन क्याबिनेटका मन्त्री हेरफेरको चर्चा

Nepal One HD २९ असार २०८३ १२:०३
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच दुई दिनदेखि लगातार भेटवार्ता भएको छ।

शनिबार र आइतबार दुई नेताबीच लामो समयसम्म समसामयिक राजनीतिक विषयमा छलफल भएको रास्वपा स्रोतले जनाएको छ।

स्रोतका अनुसार छलफलमा मन्त्रिपरिषद् पुनर्गठन, प्रधानमन्त्रीको सचिवालयलाई थप प्रभावकारी बनाउने विषय तथा सुकुम्बासी समस्याको दीर्घकालीन समाधानबारे विशेष रूपमा कुराकानी भएको छ।

स्रोतले भन्यो , ‘ प्रधानमन्त्री र सभापतिबीच मन्त्रीपरिषद हेरफेरको कुरा भयो। प्रधानमन्त्रीको सचिवालयलाई समेत अझ चुस्त दुरुस्त बनाउने गृहकार्य भइरहेको छ।’

स्रोतका अनुसार पछिल्लो समय सरकारको कार्यसम्पादन, सचिवालयको संरचना तथा विभिन्न समसामयिक मुद्दालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री र पार्टी नेतृत्वबीच नियमित परामर्श भइरहेको छ।

यद्यपि, मन्त्रिपरिषद् हेरफेर वा सचिवालय पुनर्गठनबारे सरकार वा रास्वपाले अहिलेसम्म औपचारिक निर्णय सार्वजनिक गरेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *