`

शाहले हटाएका चार मन्त्रीहरु को को हुन् ?

Nepal One HD ३१ असार २०८३ १४:०९
नेकपा एमाले

धनगढी। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच विवाद चर्किएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्।

पदमुक्त हुनेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा राज्यमन्त्री निर्मला देवी साउँद रहेका छन्।

स्रोतका अनुसार बजेटका विषयमा कांग्रेस र एमालेबीच सहमति जुट्न नसकेपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई सरकारबाट हटाउने निर्णय गरेका हुन्।

यद्यपि, मन्त्रीहरूको बर्खास्तीसम्बन्धी औपचारिक पत्र भने सार्वजनिक हुन बाँकी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *