`

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिन्छ भन्दै बोलिन् मन्त्री निशा मेहता

Nepal One HD १ कार्तिक २०८३ ८:५९
जीवनशैली/स्वास्थ्य

काठमाडौ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशभर ट्रमा सेन्टर विस्तार गर्ने योजना सरकारको प्राथमिकतामा रहेको बताएकी छन्।

ट्रमा दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले आकस्मिक उपचार सेवाको पहुँच विस्तारसँगै घाइतेलाई सामान्य जीवनमा फर्काउन पुनःस्थापना केन्द्र निर्माणको काम अघि बढाइएको जानकारी दिइन्। उनले समयमै उद्धार, प्राथमिक उपचार र गुणस्तरीय आकस्मिक सेवाले दुर्घटनामा घाइतेको जीवनरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *