जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो
विश्व
टोकियो । मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या अपरान्ह ३ः३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमाथुप्रै घाइते भएको बताइएको छ । प्रधानमन्त्री किशिदा फुमियोले मंगलबार पत्रकार सम्मेलनमा सो तथ्याङ अपडेट गराएका हुन् ।
“प्रभावित क्षेत्रमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेको छ । हामी मार्गहरू सुरक्षित गर्ने तरिका बारे सोचिरहेका छौँ र तीमध्ये जहाजहरू प्रयोग गर्नु एउटा विकल्प हुन सक्छ,” एनएचकेले प्रधानमन्त्रीलाई उद्धृत गर्दे उल्लेख गरेको छ । सोमबारदेखि जापानमा कम्तिमा एक सय ५५ वटा भूकम्पका धक्का अनुभब गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
