गाजामा जारी युद्धमा पत्रकारहरु मारिएकोमा राष्ट्रसंघ चिन्तित
विश्व
संयुक्त राष्ट्रसंघले गाजामा जारी युद्धमा मारिएका पत्रकारहरूको बारेमा चिन्ता व्यक्त गरेको छ । हालै अल जजीराका दुई पत्रकारहरू इजरायली हमलामा मारिएका थिए ।
गाजामा मिडियाकर्मीहरूको बढ्दो आक्रमण र मृत्युबाट अत्यन्त चिन्तित रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघले ट्वीट गर्दै यस बारे चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघले यस्ता घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरिनुपर्ने धारणा व्यक्त गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
