`

गौशाला २६ को तस्बिर सार्वजनिक गर्ने पार्टी सदस्यलाई रास्वपाले गर्‍यो निलम्बन

Nepal One HD २६ पुष २०८० १४:१७
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गौशाला २६ को पहिचान खुलाउने पार्टी सदस्यलाई कारबाही गरेको छ । सन्दीप लामिछानेबाट पीडित गौशाला २६ को तस्बिर सार्वजनिक गरेको भन्दै रास्वपाले चितवनका दिवश सापकोटालाई निलम्बन गरेको हो ।

सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्य रहेको रास्वपाको भनाइ छ । रास्वपाले भनेको छ, ‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं ।’


प्रतिक्रिया