ललितपुरमा नापी सर्वेक्षकसहित तीन जना दुई लाख ५० हजार घुससहित पक्राउ

अपराध

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई दुई लाख ५० हजार घुससहित पक्राउ गरेको छ ।
आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्भेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।उनीहरुले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट