`

सेक्युरिटी प्रिन्टिङ प्रकरण– अभियुक्तद्धय विकल पौडेल र सुनील पौडेल पक्राउ

Nepal One HD १० माघ २०८० १५:५८
अपराध

काठमाडौ । नेपाल टेलिकमका तत्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । बुधबार उनीहरुलाई अख्तियारको टोलीले पक्राउ गरी अख्तियारको हिरासतमा राखेको छ । उनीहरु भ्रष्टाचार मुद्दामा मुछिएका थिए । मुद्दा दायरपछि पनि उनीहरुमाथि सार्वजनिक सम्पत्ति हिनामिना गरेको, कार्यालयको स्रोत साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा थप छानबिन भइरहेको थियो ।

अख्तियारको टोलीले शान्तिनगर र मण्डिखाटारस्थित दुवै जनाको निवासमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ । २०८० असोज १५ मा अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो ।


प्रतिक्रिया