`

बलात्कार मुद्दाका फरार अभियुक्तलाई कतारबाट नेपाल ल्याइयो

Nepal One HD ११ माघ २०८० १५:५३
अपराध

काठमाडौं । प्रहरीले बलात्कार मुद्दामा फरार अभियुक्तलाई इन्टरपोलमार्फत कतारबाट पक्राउ गरेर नेपाल ल्याएको छ । बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवन बस्ने २५ वर्षीय सेहमान खाँलाई पक्राउ गरी नेपाल ल्याइएको हो ।

एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी उनलाई सम्बन्धित मुद्दामा कारबाही अघि बढाउन बिहीबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।


प्रतिक्रिया