`

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी स्वर्णिमलाई

Nepal One HD १३ माघ २०८० १२:४६
प्रमुख खबर

​​काठमाडौँ / स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । रास्वपा सभापति रवि लामिछाने २ दिनका लागि भारत भ्रमणमा जाने भएकाले स्वर्णिमलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

सभापति लामिछाने माघ १३ र १४ गते भारतमा रहेका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा भाग लिन भारत जाँदै छन् । शनिबार सभापति लामिछानेले वाग्लेलाई उक्त जिम्मेवारी दिएका हुन् ।


प्रतिक्रिया